Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भगवान रामको जन्मभूमि माडीको अध्योध्यापुरी नै रहेको ओलीको दाबी


    मंगलबार, कार्तिक १६ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भगवान रामको जन्मभूमिको माडीको अयोध्यापुरी नै रहेको दाबी गरेका छन् । 

    चितवनको माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजाअर्चनापछि मंगलबार आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामको जन्मभूमि माडीकै अयोध्यापुरी रहेको दाबी गरेका हुन् । 

    गत वर्षको भानुभक्त जयन्तीका दिन माडीकै अयोध्यापुरीमा राम जन्मिएको अभिव्यक्ति दिएर विवादमा तानिएका ओलीले फेरि सोही अभिव्यक्ति दोहोर्‍याएर दाबी गरेका हुन् । 

    रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापुरी नै भएको भन्दै  ओलीले भारतमा भएको अयोध्यापुरीको वास्तविक नाम फैजावाद भएको जिकीर गरे । 

    माडी नै राम जन्मभूमी भएको भनेर पुष्टि हुने वाल्मीकि आश्रम, देवघाट र त्रिवेणी रहेको दलील गर्दै उनले आफूले अध्ययन गरेर नै यहाँकोबारेमा बताएको जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार