काठमाडाैं । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त भएका छन् ।
मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलका अनुसार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हाे ।