राजबिराज । सशस्त्र प्रहरीले एक सर्वसाधारणलाई निर्घात कुटपिट गरेका छन् । सप्तरीको बालनबिहुल गाउँपालिकाका रजनीकान्त मण्डल भन्ने रेशमलाल मण्डललाई सशस्त्र प्रहरीका हवल्दार राजकुमार यादव, सशस्त्र प्रहरी जवान कमलेश यादव र तेजनारायण यादवले मंगलबार बिहान कुटपिट गरी उनको साथमा रहेको २५ हजार रुपैयाँ नगद, मोवाइल खोसेका छन् । मण्डलले आफूमाथि कुटपिट गर्ने सशस्त्र प्रहरीका राजकुमार यादवसहित तीनै जना बिरुद्ध इलाका प्रहरी कार्यालय बोदेबसाइनमा जाहेरी दर्ता गरेका छन् ।
सशस्त्र प्रहरीमा कार्यरत राजकुमार यादवसहित तीनै जना प्रदेश २ को छिन्नमस्ता बाहिनीबाट खटिएका डीआइजी गणेश ठाडामगरका घुमुवा भएको खुलेको छ । सशस्त्र प्रहरीको कुटपिटमा परेका मण्डलले प्रहरीमा दिएको जाहेरीमा मंगलबार बिहान ४ बजेको समयमा मोटरसाइकलमा बेल्हीबाट काम विशेषले आफन्तको घर जाने क्रममा बोदेबसाइनमा एक्कासी रोकेर कुटपिट गरेको उल्लेख छ ।
आक्रमणकारीले मोटरसाइकल रोकेर कुटपिट गरी आफ्नो साथमा रहेको २५ हजार रुपैयाँ नगद र मोवाइल खोसेकाले दिलाई पाउँ भनी जाहेरीमा उल्लेख छ ।