Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इजरायली सहरमा किन भए तीन सय मानिस निवस्त्र ?


    मंगलबार, कार्तिक १६ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । तीन सय मानिस निवस्त्र उभिएका छन् । तीमध्ये आधा महिला छन् । शरीरमा सेतो रंग दलिएको छ । एक जना फोटोग्राफर उनीहरूलाई  विभिन्न पोज दिन लगाएर फरक फरक कोणबाट तस्विर खिच्न व्यस्त देखिन्छन् । यो हो इजरायली सहर अरदनजिकैको एउटा दुलर्भ दृश्य । 

    आइतबार मध्यान्हमा इजरायली सहर अरदमा भेला भएका सबै स्वयंसेवकले निवस्त्र बनेर सेतो रंग दलेका थिए । उनीहरूको तस्विर खिच्न करिब तीन घन्टा लागेको थियो ।

    उनीहरूको तस्विर अमेरिकी फोटोग्राफर स्पेन्सर टुनिकले खिचेका थिए । निवस्त्र मानिसलाई क्यामरामा कैद गर्न पाउँदा आफूलाई खुसी लागेको टुनिकको भनाइ छ । उनले सन् २०११ मा मृत सागरमा यस्तै सृजनाको तस्विर खिचेका थिए ।  
     
    एउटा कलात्मक सृजनामार्फत डुब्नै लागेको मृत सागरप्रति विश्व समुदायको ध्यान केन्द्रित गर्न इजरायलको पर्यटन मन्त्रालयको आयोजनामा उनीहरूलाई निवस्त्र पारिएको थियो । पछिल्लो दृश्यले  मृत सागरको संरक्षणको महत्वलाई थप जोड दिने आयोजकको विश्वास छ ।

    इजरायल र उसका छिमेकी देशले मृत सागरको पानीलाई कृषिका लागि डाइभर्ट गर्न थालेपछि पृथ्वीकै सवैभन्दा तल्लो बिन्दुमा पुगेको मृत सागर जोखिममा छ । निवस्त्र कला प्रदर्शनले इजरायल भ्रमण गर्ने आगुन्तकहरूलाई सो क्षेत्रले आकर्षित गर्ने पर्यटन मन्त्रालयको विश्वास छ । कोभिड महामारीपछि अन्तर्राष्ट्रिय पर्यटकलाई प्रतिबन्ध लगाएको इजरायलले पछिल्लो समय केही खुकुलो बनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार