Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुर बमकाण्ड: पूर्वराज्यमन्त्री साहलाई षडयन्त्र कसुरमा ११ वर्ष कैद


    मंगलबार, कार्तिक १६ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । नौ वर्षअघि जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फाेट घटनामा उच्च अदालत जनकपुरधामले पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

    धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला सुनाएको थियो । तर जिल्लाको फैसलापछि साहले उच्च अदालतमा निवेदन दिएका थिए ।

    उनलाई ५ जनाको ज्यान जाने षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गर्दै उच्च अदालतका न्यायाधीशद्वय धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले साहलाई ११ वर्षको कैद सजायको फैसला गरेको हो ।  

    २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरधामस्थित रमानन्द चोकमा धर्ना बसेकालाई लक्षित गरी शक्तिशाली बम विस्फोट हुँदा ५ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए ।

    सो घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग र ज्यान मार्ने षड्यन्त्र गरी दुई वटा मुद्दा चलाइएको थियो ।

    धनुषा जिल्ला अदालतले साहलाई जन्मकैद सजाय सुनाएपछि उनी अहिले काठमाडौंको नख्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् ।facebook sharing button

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार