Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई ल्याएपछि कैदीबन्दी आन्दोलित


    मंगलबार, कार्तिक १६ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई सरकारले जिल्ला कारागार मोरङ सरुवा गरेर ल्याएपछि कैदीबन्दी आन्दोलित बनेका छन् । 

    काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी  मंगलबार बिहान गिरीलाई विराटनगर कारागारमा ल्याइएको हो । मोरङ कारागारमा हुँदा कैदीबन्दीको नेतृत्व गर्ने चौकीदारको जिम्मेवारी उनलाई दिइएको थियो । 

    कारागारभित्रै विभिन्न आपराधिक गतिविधि गरेको खुलेपछि उनलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्लीबजार कारागार सारिएको थियो । 

    मोरङ कारागारमा रहँदा कैदीबन्दीलाई पीडा दिएको आरोप उनी माथि छ । कैदीबन्दीहरू गिरीले विगतामा गरेको बदमासीका कारण असुरक्षित महसुस गर्न थालेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार