Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शाहरुखको आज बर्थ-डे, पुलिस अफिसरको भूमिका नपाएकाेमा दुखित


    मंगलबार, कार्तिक १६ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । बलिउडस्टार शाहरुख खानको मंगलबार २ नोभेम्बरमा जन्मोत्सव परेको छ । मंगलबार शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन् ।  बलिउडमा शाहरुखलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ । उनलाई सम्झाउने नै उनले निर्वाह गरेका विभिन्न रोमान्टिक क्यारेक्टरले हो । यसैले गर्दा उनले एक्सन जनराका निकै कम फिल्म गरेका छन् । यिनै शाहरुखले एक अवार्डमा आफूले पुलिस अफिसरको भूमिका कुनै फिल्ममा पनि निर्वाह नगरेको गुनासो गरेका थिए ।

    उनले आफू पुलिसको भूमिकामा देखिने इच्छासमेत जाहेर गरेका थिए । उनी पछिल्लो समय ‘पठान’ मा स्पाइ एजेन्टको भूमिका भने निर्वाह गरिरहेका छन् । उनको निर्माण तथा अभिनय रहेको फिल्म ‘जिरो’ असफल भएपछि उनले नयाँ निर्देशक र कथा चयनमा सतर्क छन् । 

    पठानपछि शाहरुख साउथ इन्डियन फिल्म निर्देशक इटलीको फिल्ममा काम गर्ने तयारीमा छन् । मार्सल र थेरी जस्ता फिल्म निर्देशन गरेर चर्चामा आएका एटलीको फिल्म कुनै रिमेक नभई ओर्जिनल कथामा हुने बताइएको छ । शाहरुख चाहान्छन्, फिल्म हेरेर दर्शकले पूर्ण रूपमा मनोरञ्जन लिउन् । कोरोना भाइरसको महामारीका कारण यसको काम राेकिएकाे छ । 

    यस्तै , शाहरुखले काम गर्न चाहेको अर्को निर्देशक हुन् राजकुमार हिरानी । केही समय यता उनीहरूले विभिन्न स्क्रिप्टमा छलफल गरेको खबर आउने गरेको छ ।  यद्यपि, फिल्म गर्ने घोषणा भने भएको छैन । सन् २०१८ मा रिलिज भएको फिल्म ‘सन्जु’ पछि हिरानीले पनि फिल्म निर्देशन गरेका छैनन् ।

    उनले आफ्नो साथी अभिजात जोशीसँग मिलेर स्क्रिप्टमा काम गरिरहेका छन् । यो टिममा जोडिएकी छिन् कनिका ढिल्लोन । शाहरुख र रेड चिल्लीसँग धेरै प्रोजेक्टमा काम गरेकी कनिकाले हिरानी र अभिजातलाई स्क्रिप्ट तयार पार्न सघाएकी छन् ।

    निर्देशक हिरानी पनि शाहरुखलाई सुहाउँदो कथा भएकोले काम गर्न तयार भएका छन् । अब हेरौँ, शाहरुखको करियरमा उनको भूमिका कस्तो हुन्छ ।  कमेडी र सोसल ड्रामा निर्देशन गर्दै आएका हिरानीले यसपटक कस्तो कथालाई अगाडि ल्याउछन् ? बि-टाउनमा यो चर्चाको विषय बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार