Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तिहार : रसुवागढी नाकाबाट ५० भेँडा-च्याङग्रा नेपाल भित्रिए


    मंगलबार, कार्तिक १६ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रसुवा । चीनसँगको  व्यापारिक नाका रसुवागढीबाट भेँडा-च्याङग्रा नेपाल भित्र्याइएकाे छ । शनिबार चीनबाट ५० वटा भेँडा च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले बताए । तिहार नजिकिँदै जाँदा बजारमा मासुकाे माग बढेकाे छ ।

    ‘सय भन्दा बढी भेँडा-च्याङ्ग्राको माग गरिए पनि थोरै संख्यामा आपूर्ति भएकाे छ,’ उनले भने ।

    विगतभन्दा यो वर्ष भेँडा च्याङ्ग्राको भाउ महँगाे रहेको न्यौपानेले बताए । एउटै भेँडा च्याङ्ग्रामा ३ हजारदेखि ३ हजार ५ सयसम्म महँगाे परेकाे उनले बताए । नेपाल भित्रिएका  भेँडा-च्याङ्ग्राको मूल्य ३२ हजारसम्म परेकाे ५ । 

    दसैँमा १ सय ७० भेँडा-च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल ल्याइएकाे थियाे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार