Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज धन्वन्तरी जयन्ती र राष्ट्रिय आरोग्य दिवस


    मंगलबार, कार्तिक १६ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आज आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक भगवान् धन्वन्तरीको अवतार जयन्ती । आज धन्वन्तरी जयन्तीका साथै नेपालभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय अरोग्य दिवससमेत मनाइँदै छ । ¬

    कात्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रणेता भगवान् धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सत्य युगमा समुद्र मन्थन गर्दा अमृतको घडासहित कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन भगवान् धन्वन्तरीको प्रकट भएको थियो । धन्वन्तरीलाई भगवान् विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ ।

    आयुर्वेदको ज्ञान सर्वप्रथम आत्रेय ऋषिले लिएको कथन रहेको छ । एक लाख श्लोक र एक हजार अध्याय भएको ब्रह्मसंहिताको ज्ञान आत्रेय ऋषिले लिएका थिए । यही संहितालाई पछि आठ भागमा विभाजन गरेरियो, जसलाई अष्टाङ्ग आयुर्वेद भनिन्छ ।

    भगवान् धन्वन्तरीको जन्मजयन्तीको अवसरमा आज काठमाडौंको वैद्यखानामा धन्वन्तरी भगवान्‌को विशेष पूजाआजा गर्ने गरिन्छ ।

    २०५६ सालमा पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमन्त्री हुँदा आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा नेपालमा धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने निर्णय भएको थियो । त्यसपछि नियमित रूपमा यो दिवस मनाइँदै आइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार