बैतडी।बैतडीमा नेकपा एमालेको पालिकाहरूको अधिवेशन आज सम्पन्न भएको छ । जिल्लाका १०वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको पार्टी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लीलाधर भट्टले बताए ।
बैतडीको दशरथचन्द नगरपालिकामा अजब पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी सर्वसम्मतिबाट चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा नारायणप्रसाद भट्ट, सचिवमा कल्पना क्षेत्री राना, उपसचिवमा चन्द्रसिंह टेर र गगन बिष्ट चयन भएका छन् ।
पाटन नगरपालिकाको नगर कमिटी अध्यक्षमा ललित ठगुन्नालाई चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा हरिदत्त भट्ट, सचिवमा धर्मराज भट्ट, उपसचिवमा बसन्ती चन्द र भीम भट्टलाई चयन गरिएको छ भने अन्य ७० जना सदस्य गरी ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।
यसैगरी जिल्लाको मेलौली नगरपालिकामा राजबहादुर चन्दको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा विजयसिंह नायक, सचिवमा गोरखबहादुर चन्द, उपसचिवमा रमेशबहादुर चन्द र गोरखसिंह बिष्ट चयन भएका छन् भने अन्य सदस्यहरू रहेका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिकामा काशीसिंह बिष्टको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा हेमा भट्ट कपाडी, सचिवमा कमल भूल, उपसचिवमा वीरभानसिंह कार्की र भरतसिंह बिष्ट चयन भएका छन् भने अन्य सदस्यहरू रहेको पार्टीको जिल्ला उपसचिव चक्र कार्कीले बताए ।
यस्तै, डिलाशैनी गाउँपालिकामा रघुवीर बोहराको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा हिक्मत धामी, सचिवमा वीरबहादुर माल, उपसचिवमा उर्मिला जोशी र सन्तोष राना चयन भएका छन् भने अन्य सदस्य रहेको अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले बताए ।
यसैगरी जिल्लाको सिगास गाउँपालिका कमिटीको अध्यक्षमा रामसिंह धामी चयन भएका छन् । कमिटीको उपाध्यक्षमा सूर्यबहादुर बोहरा, सचिवमा जसवीरसिंह साउद, उपसचिवमा भानसिंह धामी र दानसिंह धामी चयन भएको एमाले जिल्ला सचिवालय सदस्य रमिल बमले बताए ।
जिल्लाको शिवनाथ गाँउपालिका कमिटी अध्यक्षमा महेन्द्र चन्द चयन भएका छन् । उपाध्यक्षमा सुरेन्द्र साउद तथा सचिवमा मनोज ठकुराठी चयन भएका छन् भने उपसचिवमा चन्द्रसिंह साउद र चम्फा साउद चयन भएका छन् ।
यसैगरी जिल्लाको पञ्चेश्वर गाउँपालिका कमिटीको अध्यक्षमा प्रकाश चन्द तथा उपाध्यक्षमा रामसिंह पुजारा चयन भएका छन् । सचिवमा कृष्ण पेला चयन भएका छन् भने उपसचिवमा बिमला घटाल र कालुसिंह जोशी चयन भएको एमाले केन्द्रीय सदस्य पुरनसिंह दयालले बताए ।
जिल्लाको सुर्नया गाउँपालिका कमिटी अध्यक्षमा राजेन्द्रप्रसाद भट्ट सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा लालबहादुर पाण्डे तथा सचिवमा आनन्दसिंह बोहरा चयन भएका छन् भने उपसचिवमा निरञ्जन बिष्ट र पदम अवस्थी चयन भएका छन् ।
यसैगरी जिल्लाको पुर्चौडी नगरपालिकाको नगर कमिटीमा कर्णबहादुर धामीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अन्य पदाधिकारी र सदस्यहरूसमेत सर्वसम्मतिबाट चयन भएको एमाले जिल्ला सचिव लीलाधर भट्टले बताए । बैतडी जिल्लाका ८४ वटै वडाहरू र १० वटै पालिकामा सर्वसम्मत कमिटीहरू चयन भएको उनले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend