Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यमन्त्री आचार्य भन्छन्: कसैको खुट्टा तानेर र छिर्के हानेर लोकतन्त्र बलियो हुँदैन


    सोमबार, कार्तिक १५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कसैको खुट्टा तान्ने र छिर्के हान्ने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने बताएका छन् । सोमबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले कसैको खुट्टा तानेर प्रगतिमा अवरोध हुने मात्र होइन लोकतन्त्रलाई बलियो नबनाउने बताए । 

    प्रदेशसभामा उनले विश्वासको प्रस्तावमा गरेका छन् । सोही प्रस्तावमाथि मतदान हुने गरी बसेको प्रदेशसभाको बैठकमा उनले आफ्नो सरकारले पूर्ववर्ती सरकारका राम्रा कामलाई निरन्तरता दिँदै अघि बढेको बताए । 

    राजनीतिक अस्थिरता र तरलताकाबीच आफूले सत्ता सम्हालेको बताउँदै उनले आफ्नो सरकारले विकास र समृद्धि, सेवा विस्तार, कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम, खोपको व्यवस्थामा उल्लेख्य काम गरेको दाबी गरे ।

    प्रदेश १ सभामा ९२ जना सांसद सासद छन् । सरकार बनाउन ४७ जना सांसद अवश्यक पर्छ । तर, आचार्य संलग्न पार्टी एमालेको एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक एक जना सांसद छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार