Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली पुगे मुग्लिन, दासढुंगामा मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने


    सोमबार, कार्तिक १५ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । एमाले अध्यक्ष केपी ओली सडकमार्ग हुँदै चितवन गएका छन् । केही समयअघि मुग्लिन पुगेका ओलीलाई एमालेका कार्यकर्ताले स्वागत गरेका थिए ।

    उनी दासढुंगा हुँदै भरतपुर जानेछन् । दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नेछन् ।

    एमाले भरतपुर नगरको अधिवेशनलाई सम्बोधन गर्न ओली चितवन आएका हुन् ।

    नगर कमिटीको अधिवेशनमा सहभागी हुन एमाले नेता सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल चितवन आइपुगेका छन् । दुवैले सौराहा पुगेर एमालेको दशौं महाधिवेशनको बन्द सत्र हुने स्थानको अवलोकन गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार