Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा एउटा यस्तो गाउँ, जो वर्षमा १ महिना देखिन्छ र ११ महिना पानीमा डुब्छ


    सोमबार, कार्तिक १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एजेन्सी । पश्चिम भारतमा एउटा गाउँ छ, जुन वर्षमा एक महिना मात्र देखिन्छ भने बाँकी ११ महिना पानीले ढाक्छ । जब पानीको तह घट्छ, स्थानीय बासिन्दा आफ्ना घरमा फर्किन्छन् र केही समय भए पनि खुसीयाली साटासाट गर्छन् । 

    दुई ओटा चुचुरोको बीचमा अवस्थित कुर्दी गाउँ गोआको दक्षिणपूर्वी क्षेत्रमा पर्छ । सन् १९८६ मा यहाँका बासिन्दाले यो गाउँ पहिलो पटक अस्थित्वमा आउन छोडेको थाहा पाए । यहाँ गोवा राज्यकै पहिलो नहर निर्माण भयो ।  त्यही समयदेखि गाउँ डुबानमा परेको थियो । तर, हरेक वर्ष एक महिना यहाँ पानीको सतह सुक्छ र पुरानो गाउँ देखिन्छ  । 

    पानी सुकेपछि चिरा परेको भूमि, रूखका जरा, घरका पुराना खन्डहर, भत्किएका भग्नावशेष, धार्मिक संरचना, पानीका पुराना नहर र पानीले भिजेको बाझो जमिन देखिन्छ । 

    सो भूमि उर्वर थियो । करिव तीन हजार जनसंख्या रहेको गाउँका किसानले नरिवल, आँप, कटहरजस्ता फलफूल उत्पादन गर्थे । उनीहरुले प्रशस्त अन्न उत्पादन गर्थे ।

    धार्मिक सद्भाव थियो । हिन्दू, मुसलमान र क्रिश्चिय समुदाय मिलेर बस्थे । मस्जिद, गुम्बा र हिन्दू मन्दिर थिए । 

    सन् १९६१ मा गोवा भारतको अंश बनेपछि परिवर्तन हुन थाल्यो । त्यसअघि सो राज्य पोर्चुगलको अधिनमा थियो । गोवाका पहिलो मुख्यमन्त्री दयानन्द व्यान्डोकर राज्यले त्यहाँ पहिलो बाँध बनाउन थालेको समाचार लिएर सो गाउँतर्फ पुगेका थिए । बाँध निर्माणपछि दक्षिणी गोवाका सबै मानिसलाई फाइदा पुग्ने उनको भनाई थियो । 

    गाउँका ६ सय परिवारलाई अन्यत्र गाउँमा स्थानान्तरण गरियो । त्यसबापत उनीहरुलाई क्षतिपूर्ति र जग्गा दिइयो । 

    परियोजना निकै महत्वाकांक्षी थियो । सालाउलिम नदीको किनारमा निर्माण गरेको त्यसलाई सालाउलिम परियोजना भन्न थालियो । 

    दक्षिण गोवाका मानिसलाई पिउने, सिंचाई र अन्य औधोगिक प्रयोजनका लागि पानी वितरण गरिने प्रस्ताव गरियो । नागरिकहरुलाई दैनिक चार सय लिटर पानी प्रदान गरिने बताइयो । त्यसपछि गाउँका मानिसले त्यहाँ बाँध बनाउन अनुमति दिए र अर्को गाउँमा सर्न राजी भए ।

    ‘नयाँ स्थानमा जाँदा उनीहरूसँग केही थिएन । ‘नयाँ गाउँमा जाँदा हामीसँग केही थिएन् ,’ इनासिओ रोद्रिग्युज सम्झन्छन् । सन् १९८२ मा नयाँ गाउँ पुगेपछि उनीहरु केही समय टहरोमा बस्न थाले । गाउँका मानिसलाई स्थानान्तरण गर्न मात्र पाँच वर्ष लागेको थियो । 

    सन् १९८६ मा अर्को गाउँमा जाँदा गुरुचरण कुर्दिकार केबल १० वर्षका थिए । ‘मेरा अभिभावकले घरका झिटीझाम्टा बोकेर ट्रकमा राखेर लगेको मलाई अझै सम्झना छ’, कुर्दिकार भन्छन्, ‘सामनसँगै म र मेरी हजुरआमालाई पनि ट्रकमा राखिएको थियो ।’ अहिले उनी ४२ वर्ष भए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार