Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानन्यायाधीशको सन्देशपछि पनि रोकिएन कानुन व्यवसायीको आन्दोलन


    सोमबार, कार्तिक १५ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले आन्दोलन जारी राखेका छन् ।  आइतबारबाट कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरूले सोमबार पनि आफ्नो आन्दोलनलाई जारी राखेका छन् । 

    प्रधानन्यायाधीश जबराले आफू ‘सम्मान जनक बहिर्गमन’को पक्षमा रहेको सन्देश दिइसकेका अवस्थामा पनि उनको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् । 

    बारसहित सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरू प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका छन् । उनीहरू इजलासमा समेत बसेका छैनन् । सोही क्रममा आन्दोलनमा उत्रिएका न्यायाधीशहरूलाई जबराले आफू सम्मानजनक बहिर्गमन हुन चाहेको सन्देश पठाएका थिए । 

    कार्यपालिकासँग मिलेर राजनीतिक भाग खोजेको आरोप लगाउँदै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वाेच्चकै न्यायाधीश र कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार