Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन


    सोमबार, कार्तिक १५ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि ६० जनाको आवेदन परेको छ  । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले मागेको खुल्ला आवेदनमा कुल ६० जनाले नाम परेको बताइएको छ ।

    क्यानले १ कात्तिकमा  माग गरेको खुल्ला आवेदनमा आइतबारसम्म समयावधि रहँदा ६० जनाले नाम दिएका हुन् । गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि क्रिकेट टोली प्रशिक्षकबिहीन छ ।

    क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) वा अष्ट्रेलिया क्रिकेट (सीए) बाट मान्यता प्राप्त लेभल-३ गरेको प्रशिक्षकको माग गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार