काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी ओलीविरुद्ध खनिएका छन् ।
‘केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी’ भन्दै प्रचण्डले, ‘ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने’ बताएको सुनेको जिकिर गरेका छन् ।
सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रचण्डले भने, ‘ज्ञानेन्द्रसँग भेटेर ‘गणतन्त्र, संघीयता मलाई पहिलेदेखि मन परेको थिएन बाध्य भएर गरेको हो मौका आयो भने उल्ट्याउने हो’ भनेर भनेको सुने । स्थिति कहाँसम्म पुग्या रहेछ हेर्नुस् ।’
अहिले परिवर्तन उल्ट्याउने षडयन्त्र भएको र आफूहरूले बलियो भएर रक्षा गर्नुपर्ने प्रचण्डले बताए ।
प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाएको उनले बताए । ‘केपी ओलीसँग एकता गरेर गल्ती गरियो भन्ने आवाज छ । तर, हाम्रो विचार, नीति सही थियो नि । त्यत्रो जनताले विश्वास गरेर भारी बहुमत थिए । तर, यो प्रतिक्रियावादी प्रतिक्रान्तिकारी जाली फटाहालाई सैह्य भएन । डे वान देखि षडयन्त्र गरे ।’
पार्टीभित्र नै वैचारिक हिसाबले विकृत गराएर फुट गराएर नेताहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागेर कम्युनिस्ट पार्टीभित्र फुट गराउने काम विश्वभर नै हुँदै आएको र कम्युनिस्ट पार्टीभित्र नेता पतित भएपछि हुने गरेको भन्दै संसारभरी र देशभरका प्रतिक्रियावादीले ओलीजस्तो अवसरवादी भटेकाे बताउँदै प्रचण्डले भने, ‘मलजल र सिंगरपटार गरे । ढाडस दिएर उचाले । अरुले गर्न नसकेको काम कम्युनिस्ट पार्टीको प्रधानमन्त्री र अध्यक्षबाट गराए । यसलेमात्रै माओवादीलाई ठिक गर्न सक्ने भन्ठानेर मलजल गरे । हाम्रो ध्यान पार्टी ठूलो बनाउनेमा थियो । हामीले गल्ती गरेको होइन । प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाए । अब संघर्ष बाहेक अर्को विकल्प छैन भनेर संघर्ष र विद्रोह सुरु गर्याैँ ।’
आफूहरूले हारेको नभई जितेको उनको दाबी छ । ‘पार्टी फुटाइएको हो । २५ प्रतिशतमा ओली थिए । ७५ प्रतिशतमा हामी थियौं । पार्टीबाट ओलीलाई निकाल्यौं । मलाई दलको नेता बनाइयो । केही दिनमा प्रधानमन्त्री हुनेवाला थिए । यो हामीले हारेको हो त ? यो त हामीले जितेको हो,’ प्रचण्डले भने, ‘तर अदालतले पार्टी फुटाइदियो । जुन दिन मलाई दलको नेता चुनियो र प्रधानमन्त्री हुँदै थिए पार्टी अलग अलग हुन आदेश भयो ।’
संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको बताउँदै प्रचण्डले भने, ‘ ६ वटै प्रदेशमा ओलीः प्रवृत्ति परास्त भयो । केहो माओवादी भन्ने कुरा हुँदा सत्ताको केन्द्रमा त माओवादी नै आयो । प्रचण्डम: ह्युमेलेटलः घेराबन्दी गर्दा अहिले माओवी हेडक्वाटर बन्यो । प्रदेश १ मा पनि गठबन्धनको सरकार बन्छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend