Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईसीसी टी-२०: भारतको लगातार दोस्रो हार, न्युजिल्याण्डकाे सेमिफाइनल यात्रा बलियो


    सोमबार, कार्तिक १५ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । उपाधी दाबेदार भारत आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ । आइतबार सुपर-१२ को समूह-२ को खेलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको हो । योसँगै भारतको सेमिफाइनलमा यात्रा कमजोर भएको छ । न्युजिल्यान्डले भने सेमिफाइनल यात्रा बलियो बनाएकाे छ ।

    जितका लागि १११ रनको  लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४ ओभर ३ बलमा  पूरा गर्‍याे । न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले  सर्वाधिक ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सन  ३३ रनमा अविजित रहे ।

    यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन मात्र बनायो । रविन्द्र जडेजाले सर्वाधिक २६ रनको योगदान दिए ।  हार्दिक पान्ड्याले २३ रन बनाए । अन्य कुनै पनि खेलाडी क्रिजमा चल्न सकेनन् ।

    न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले  ३ विकेट लिए । स्पिनर ईश सोधीले २ विकेट लिए ।

    भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

    सुपर-१२ को समूह-२ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ ६ अंकसहित शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । न्युजिल्यान्ड  तेस्रो स्थानमा छ । नामिबिया  चौथो स्थानमा रहदा भारत र स्कटल्यान्ड क्रमश: पाँचौ र छैटौं स्थानमा छन् ।

    समूह-१ मा इंग्ल्यान्ड ३ खेलमा ३  जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार