सुर्खेत, २३ जेठ । कर्णाली प्रदेश सभा सदस्य तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले गाडी फिर्ता गरेका छन् ।
यसअघि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि सुरक्षाकर्मी र पछुवा गाडी फिर्ता गरेका थिए । प्रदेश सभा सचिवालयलाई आफूले प्रयोग गरेको गाडीको चाबी हस्तान्त्रण गर्दै कांग्रेस नेता शाहीले कर्णालीका मन्त्री तथा सांसदलाई पनि महंगा गाडी नचड्न आग्रह गरेका छन् ।
आर्थिक रुपमा अन्य प्रदेशभन्दा कर्णाली गरिब प्रदेशको रुपमा चिनिएको भन्दै सबै महंगा गाडी बेचेर सस्ता गाडी प्रयोग गर्नुपर्ने उनले बताए । प्रदेश सरकारले वित्तीय अनुसाशन तथा आर्थिक मितव्यीता कायम गर्न महंगा गाडी प्रयोग गर्न नहुने उनको तर्क छ । ुकोरोनाको संक्रमणले कर्णाली थला पर्दै गएको छ । यहाँ भैंसी गोठमा मान्छेलाई क्वारेन्टाइन राख्नुपरेको छ, उनले भने,ु ुकर्णालीका मन्त्री तथा सांसदले गाडी सुविधा लिएकोबारे धेरैले आलोचना गरेपछि गाडी फिर्ताको अभियान मैले गरेको हुँ। अरुले पनि फिर्ता गरुन् ।
प्रमुख प्रतिपक्ष संसदीय दलको नेताको हैसियतमा कानुनले पाउनुपर्ने गाडी पाए पनि महंगो गाडी नचड्ने उनले बताए । कर्णाली प्रदेश सरकारले यहाँका मन्त्री तथा सांसदलाई ५० लाख बढीका गाडी सुविधा दिएको छ ।
व्यंग्यात्मक शैलीमा उनले थपे, महंगो गाडी चड्ने मेरो हैसियत होइन । मेरो गाउँमा बाटो पुगेको छैन । मेरो गाउँले खाली खुट्टा हिडिँरहेका छन् । जनता भोकभोकै छन् । उपचार नपाएर मर्नुपरेको छ । मन्त्रालय तथा सरकारी कार्यालयमा एसी जडानदेखि अनावश्यक व्यवस्थापन खर्च भइरहेको छ ।विभिन्न संसदीय समितिका अध्यक्ष र मन्त्रीहरुको पनि स्कार्पीयो गाडी चड्ने हैसियत नभएको भन्दै मोटरसाइकल सेवा दिनुपर्ने उनको भनाइ छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend