सुर्खेत, २३ जेठ । कर्णाली प्रदेश सभा सदस्य तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले गाडी फिर्ता गरेका छन् ।
यसअघि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि सुरक्षाकर्मी र पछुवा गाडी फिर्ता गरेका थिए । प्रदेश सभा सचिवालयलाई आफूले प्रयोग गरेको गाडीको चाबी हस्तान्त्रण गर्दै कांग्रेस नेता शाहीले कर्णालीका मन्त्री तथा सांसदलाई पनि महंगा गाडी नचड्न आग्रह गरेका छन् ।
आर्थिक रुपमा अन्य प्रदेशभन्दा कर्णाली गरिब प्रदेशको रुपमा चिनिएको भन्दै सबै महंगा गाडी बेचेर सस्ता गाडी प्रयोग गर्नुपर्ने उनले बताए । प्रदेश सरकारले वित्तीय अनुसाशन तथा आर्थिक मितव्यीता कायम गर्न महंगा गाडी प्रयोग गर्न नहुने उनको तर्क छ । ुकोरोनाको संक्रमणले कर्णाली थला पर्दै गएको छ । यहाँ भैंसी गोठमा मान्छेलाई क्वारेन्टाइन राख्नुपरेको छ, उनले भने,ु ुकर्णालीका मन्त्री तथा सांसदले गाडी सुविधा लिएकोबारे धेरैले आलोचना गरेपछि गाडी फिर्ताको अभियान मैले गरेको हुँ। अरुले पनि फिर्ता गरुन् ।
प्रमुख प्रतिपक्ष संसदीय दलको नेताको हैसियतमा कानुनले पाउनुपर्ने गाडी पाए पनि महंगो गाडी नचड्ने उनले बताए । कर्णाली प्रदेश सरकारले यहाँका मन्त्री तथा सांसदलाई ५० लाख बढीका गाडी सुविधा दिएको छ ।
व्यंग्यात्मक शैलीमा उनले थपे, महंगो गाडी चड्ने मेरो हैसियत होइन । मेरो गाउँमा बाटो पुगेको छैन । मेरो गाउँले खाली खुट्टा हिडिँरहेका छन् । जनता भोकभोकै छन् । उपचार नपाएर मर्नुपरेको छ । मन्त्रालय तथा सरकारी कार्यालयमा एसी जडानदेखि अनावश्यक व्यवस्थापन खर्च भइरहेको छ ।विभिन्न संसदीय समितिका अध्यक्ष र मन्त्रीहरुको पनि स्कार्पीयो गाडी चड्ने हैसियत नभएको भन्दै मोटरसाइकल सेवा दिनुपर्ने उनको भनाइ छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend