Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रसुवामा ९० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप


    आइतबार, कार्तिक १४ २०७८
    425
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • रसुवा । रसुवामा ९० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोप लगाउन योग्य १८ वर्षमाथिका ९० प्रतिशतले कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी पूर्ण खोप लगाएका हुन् । 

    स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा ४४ हजार ९ सय ८१ जनसंख्या छ । जसमध्ये १८ वर्षमाथिका कोरोना विरुद्धको खोप लगाउन योग्य २९ हजार १ सय ६ जना रहेका छन् । जसमध्ये २८ हजार ९ सय ३६ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप पाएका छन् । जुन ९९.४१ प्रतिशत हो । 

    अब १ सय ७० जनालाई कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए ।
     
    कोरोनाविरुद्धको पहिलो मात्राको कोभिसिल्ड खोप ३ हजार २ सय ८० जनाले पाएका छन् । २० हजार ५२ जनाले भेरोसेलको पहिलो मात्राको खोप पाएका छन् । ३ हजार ६ सय ४ जनाले एष्टाजेनेकाको खोप पाएका छन् भने एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन दुई हजारले लगाएका छन् । 

    त्यसैगरि, कोरोनाविरुद्धको दोस्रो मात्राको खोप ९०.५३ प्रतिशतले पाएका छन् । कोरोनाविरुद्धको दोस्रो मात्राको कोभिसिल्ड खोप १ हजार ३० जनाले पाएका छन् । १९ हजार २८ जनाले भेरोसेलको दोस्रो मात्राको खोप पाएका छन् । 

    एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन खोप २ हजारलाई लगाइएको जनाइएको छ । ४ असार १ सय ३९ जनाले एष्टाजेनेकाको खोप लगाइएको जनाइएको छ । करिब १२ सय जनालाई कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए । 

    गएको भाद्र १६ गतेदेखि पहिलो मात्राको भेरोसेल खोप लगाएका व्यक्तिले २१ दिनपछि दोस्रो मात्राको खोप पाएका थिए । एष्टाजेनेकाको पहिलो मात्राको खोप लगाएको ८ हप्तापछि मात्र नागरिकले दोस्रो मात्राको खोप पाएका छन् ।  

    असोज महिनाभित्र १८ वर्ष माथिका योग्य सबैलाई कोभिड १९ विरुद्धको पूर्ण खोप लगाउने स्वास्थ्य कार्यालय रसुवाको लक्ष्यपछि धकेलिएको छ । दुई महिनापछि मात्र दोस्रो खोप लगाउनुपर्ने भएकाले लक्ष्य अनुसार पूर्ण खोपयुक्त जिल्ला निर्माणमा ढिलाइ भएको बताइएको छ । 

    खोप लगाउन बाँकीलाई लगाउने खोप जिल्लामा पर्याप्त रहेकाले कात्तिक अन्तिमसम्ममा पूर्ण खोपयुक्त जिल्ला हुने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार