काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ सरकार बजेटको अनियमिततामा अहिले व्यस्त रहेको खुलासा छन् ।
बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रास एवं लकडाउनका बेला प्रदेश २ सरकार बजेट अनियमिततामा लागेको नेता साहले आज समाजिक सञ्जाल फेसबुक मार्फत् खुलासा गरेका छन् ।
‘देश कोरोना संत्रास र लकडाउनले अस्तव्यस्त रहेको यो संकटपूर्ण घड़ीमा रोगको नियंत्रण–रोकथाम, राहत–बचाव एवं आर्थिक उन्नतिमा ध्यान केन्द्रित गर्नुपर्नेमा प्रदेश–२ सरकार खासगरी कृषि मन्त्रालय बजेटको अनियमिततामा केन्द्रित छ’ साहले भने, ‘कृषि मन्त्रालय मातहत प्रत्येक जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत् विभिन्न कामको नाममा ठूलो आर्थिक चलखेल भइरहेको छ ।’
बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण एवं रोकथाममा अहिले ध्यान दिन आवश्यक भए पनि प्रदेश २ सरकारले कसरी हुन्छ कृषिको बजेट आफूखुशी भ्रष्टाचार गर्नेमा ध्यान केन्द्रीत गरेको आरोप उनले लगाएका छन् ।
‘गत वर्ष बगर खेती, बागवानी विकास, बीउविजन वितरण, पोखरी निर्माण तथा मर्मत, कृषि भवन निर्माण, बजार सेड निर्माणलगायतका काममा व्यापक भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान अगाडि बढाई स्थलगत अनुगमन समेत गरेको थियो तर छानबिन निष्कर्षमा नपुग्दै फेरि अहिले त्यही काम दोहोरिएको छ’ साहले भनेका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहकै निर्देशन एवं संलग्नतामा हुने गरेको यस्ता कार्यको प्रदेशमा व्यापक बिरोध भईरहेको छ । प्रदेश सरकारले अहिले कोरोना नियन्त्रणमा ध्यान दिनुपर्ने, जनताको समस्या समाधान गर्न अग्रसर हुनुपर्नेमा त्यस्तो नदेखिए पछि आलोचना भइरहेको छ ।
नेकपा नेता साहले बजेटको अनियमितता रोक्न, कृषकको समस्या समाधान गर्न, कोरोना नियन्त्रणमा ध्यान दिन आग्रह गर्दै अहिले भईरहेको बजेट अनियमितता कार्यलाई तुरुन्त रोक्न र अनुसन्धान कार्य अगाडि बढाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend