Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • न्यायायाधीश र बारको बहिष्कारबीच प्रधानन्यायाधीशले दिए अन्तरिम आदेश


    आइतबार, कार्तिक १४ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एसोसिएसनको बहिष्कारकाबीच  प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले आइतवार मुद्दा सुनुवाइ गरेका छन् । 

    सर्वोच्च अदालतका १९ जना न्यायाधीशसमेत उनको राजीनामा मागेर अघोषित इजलास बहिष्कारमा रहेका बेला प्रधानन्यायाधीश जबराले मध्यान्हपछि आफ्नो इजलासमा पेसीमा राखिएका दुईवटा रिटको सनुवाइ गर्दै आदेश जारी गरेका छन् । 

    जबराले एउटा रिटमा अन्तरिम आदेश जारी गरेका छन् भने अर्को एउटा रिट हेर्दाहेर्दैमा सकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । 

    न्यायाधीश कुमार रेग्मीसँगको संयुक्त इजलासमा भने रेग्मी नगएपछि सुनुवाइ हुन सकेन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार