Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जङ्गली हात्तीले सामुदायिक वनको भवन भत्कायो


    आइतबार, कार्तिक १४ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ञ्‍चनपुर। शुक्लाफाँटा नगरपालिका-८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन आइतबार बिहान जङ्गली हात्तीको बथानले भत्काई दिएको छ ।

    सामुदायिक वनको कार्यालय भवन भत्काएपछि त्यसभित्र रहेका महत्वपूर्ण कागजपत्र, दराज, कम्प्युटर लगायतमा क्षति पुगको छ।

    ‘बिहानको झिसमिसेमै आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको छ”, सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले भने, ‘पूरै भवनको पर्खाल भत्काई दिएकाले ठूलै क्षति भएको छ।’ कार्यालयभित्र राखेका सबै सामान कामै नलाग्ने गरी क्षति भएको उनले बताए ।

    केही दिनअघि देखि हात्तीको बथान सामुदायिक वन क्षेत्रमै रहँदै आएकाले सतर्कता अपनाउँदै आएको उनले जानकारी दिए । सतर्कता अपनाउँदा अपनाउँदै पनि एकाएक आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको छ । कार्यालयमा चौकीदारलगायत वनका पदाधिकारी कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको उनले बताए ।

    केही दिनअघि मात्रै हात्तीको बथानले बेलडाँडी गाउँ नजिकै रहेको थारू सङ्ग्रहालयको भवनसमेत भत्काई क्षति गरेको थियो ।

    झण्डै दुई साताअघि मात्रै शुक्लाफाँटा-१२ वसन्तपुरका दम्पतीको हात्तीले आक्रमण गरी ज्यान लिएको थियो । गत वर्षसमेत शुक्लाफाँटा–१ बन्साहामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार