काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा ४ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको हो ।
शुक्रबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ४० रुपैयाँ कारोबार भइरहेको छ ।