Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लगातार कांग्रेसका तीन नेता पशुपतिनाथ दर्शनमा


    आइतबार, कार्तिक १४ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।नेपाली कांग्रेसका शीर्ष तीन नेताले लगातार पशुपतिनाथको दर्शन गरेका छन् । पार्टीको महाधिवेशन नजिकिँदै गर्दा तीन शीर्ष नेताहरू पशुपतिनाथ दर्शन गर्न पुगेका हुन् । कार्यवाहक सभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण पशुपतिनाथ मन्दिर पुगेका हुन् । 

    गत सोमबार निधि पशुपतिनाथ पुगेर पूजाआजा गरेका थिए ।  पशुपतिनाथ मन्दिरमा जारी रामनाम संकीर्तन तथा रुद्र महायज्ञ पूजा गरेका निधिले जनकपुरबाट आएका श्री श्री १०८ श्री स्वामी जगत नन्दन दासजी महाराज (पगला बाबा)समक्ष पूजा गरेका हुन् ।

    कार्यवाहक प्रधानमन्त्री तथा कांग्रेस नेता खाँणले शनिबार पशुपतिनाथको दर्शन गरे । सर्वसाधारणसँगै लाइनमा बसेर गृहमन्त्री खाँणले पशुपतिनाथको दर्शन गरेका हुन् ।

    सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरे ।

    यसको भोलिपल्ट आइतबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पशुपतिनाथ दर्शन गर्न पुगेका हुन् । उनी श्रीमतीसहित पशुपतिनाथ गएका थिए ।

    आउँदो मंसिरमा १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका निधि र पौडेल पनि सम्भावित सभापतिका उम्मेदवारमा हुन् । कांग्रेसका शीर्ष नेताले लगातार पशुपतिनाथको दर्शन गर्नुलाई अर्थपूर्ण मानिएकाे छ ।

    न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार