Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी भन्छन्: हाम्रो प्रदर्शन न्यायालयविरुद्ध होइन


    आइतबार, कार्तिक १४ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । 

    नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबार विहान १० बजेबाट कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन सुरु भएको छ ।

    नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गलत प्रवृत्ति सच्याउने कोसिसविरुद्ध प्रदर्शन गरेको भन्दै आफूहरुको रहर नभइ बाध्यता भएको बताए । 

    यस्तै, नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले विरोध प्रदर्शनमा उत्रिंदा असहज महसुस भए पनि न्यायालयको शुद्धीकरणका लागि प्रदर्शन गर्नु परेको बताइन् ।

    प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा  माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार