Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने मोदीको दाबी


    आइतबार, कार्तिक १४ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने दाबी गरेका छन् । इटालीको राजधानी रोममा औधोगिक देशहरुको समूह जी २०  सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले आगामी वर्षको अन्त्य सम्ममा भारतले ५ अर्ब डोज खोप विकास गर्ने दाबी गरे । भारतले विकास गरेको खोपले विश्वलाई महामारीविरुद्ध लड्न सहयोग गर्ने उनको भनाई छ । 

    विश्वमा अझै पनि कोभिड खोपको अभावमा धेरै मानिसहरुको मृत्यु भइरहेको छ । अफ्रिकाका आधाभन्दा बढी मानिसमा खोपको पहुँच छैन् । 

    सो अवसरमा प्रधानमन्त्री मोदीले भारतलाई आर्थिकरूपमा पुर्नजीवित पार्न र आपूर्ति सहज गर्न भारतलाई साझेदार बनाउन जी २० का अन्य नेतासँग अपिल गरेका थिए ।  महामारीका बाबजूद विश्वसनीय आपूर्ति सञ्जालमा भारत विश्वासनीय साझेदार देश प्रमाणित भएको उनले बताए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार