Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टोङ्गामा एक जनालाई कोभिड देखिएपछि लकडाउनको तयारी, हजारौंलाई खोप लगाउन हतारो


    आइतबार, कार्तिक १४ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । कोभिड महामारीका कारण अहिलेसम्म विश्वमा ५० लाख जनाको मृत्यु भइसकेको छ । महामारीकै कारण संसारभर २४ करोड जना जना संक्रमित छन् । त्यस्तै, कोभिडले विश्व अर्थतन्त्र नै प्रभावित छ । महामारीका कारण प्राय देशको अर्थतन्त्र चौपट परेको छ । तर, संसारमा एउटा मात्र देश छ जहाँ पहिलो पटक एक जनामा कोभिड देखिएको छ ।

    प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भए यताकै पहिलो कोभिड संक्रमण पुष्टि भएको हो । न्युजिल्यान्डको उत्तर पश्चिममा अवस्थित टोङ्गा टापुको जनसंख्या एक लाख छ । अहिलेसम्म  एकतिहाइले कोभिडको दुबै डोज खोप लगाएका छन् ।

    तर, एक जनामा कोभिड देखिएपछि  हजार्रौ मानिस खोप लगाउन हतारिएका छन् । खोप पाउने आशामा अहिले मानिसहरु  खोप केन्द्रमा जम्मा भएका छन् । सरकारले मुख्य टोङ्गा टापुमा लकडाउनको तयारी गरेको छ । प्रधानमन्त्री पोहिभा तुएनिटोआले केही दिनमै लकडाउन हुने बताएका छन् । 

    कसरी सर्‍यो भाईरस ?
    टोङ्गाको स्वाथ्य मन्त्रालयका अनुसार पूर्ण खोप लगाएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको हो । उनी न्युजिल्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ यात्रुमध्ये एक हुन् । उनी घर फर्किदै थिए । सो उडानमा रहेका अन्य यात्रुमा टोङ्गाको ओलिम्पिक्स टोली पनि छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार