Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यू-२३ फुटबल : सान्त्वना जितको खोजीमा नेपाल


    आइतबार, कार्तिक १४ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • यू-२३ फुटबल : सान्त्वना जितको खोजीमा नेपाल

    न्युज कारखाना
    काठमाडौं,  १४  कात्तिक
    एएफसी यु-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ ।

    प्रतियोगिताको तेस्रो खेलमा नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्न लागेको हो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने  खेल अपराह्न पाैने ५ बजे सुरु हुनेछ ।

    नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईँ मात्र हुनेछ । दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

    लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराउदै छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।

    छनोटको समूह ‘बी’ मा इराक र ताजकिस्तान बिजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान  २ खेलबाट ६ अंक रहेको छ । नेपाल र लेबनान भने अंक बिहिन छन् । समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।

    नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले स्तब्ध भएको थियो  

    नेपाली २३ टोली-
    गोलरक्षक- अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल

    डिफेण्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बु

    मिडफिल्डर- नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक विष्ट

    स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार