Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोहोरी च्याम्पियनको उपाधि प्रकाश र मिनाको जोडीलाई


    शनिबार, कार्तिक १३ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले जितेको छ । फेवा किनारमा शनिबार साँझ भएको फाइनलमा पराजुली र बुढाथोकीले उपाधि उचालेका हुन् । 

    शोभा कार्की र बालचन्द्र बरालको जोडी दोस्रो भयो भने रिता रावत र सविन आचार्यको जोडी तेस्रो भएको छ । प्रतियोगितामा मिना नेपाल र राजेन्द्र पाठकको जोडी सान्त्वना भएको छ ।

    नेपाल टेलिभिजनले आयोजना गरेको प्रतियोगिता ९ महिनाअघिदेखि सुरु भएको हो । प्रतियोगिताको विजेताले २० लाख नगद सहित १ करोडको जीवन बिमा प्राप्त गरेका छन् । उप विजेताले १० लाख र ५० लाखको जीवन बिमा, तेस्रोले २ लाख र सान्त्वना हुनेले २ लाख नगद पाएका छन् ।

    उनीहरूलाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण गरे । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले छिट्टै दोस्रो संस्करण ल्याउने घोषणा गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार