Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दक्षिण अफ्रिकाको रोमाञ्चक जित


    शनिबार, कार्तिक १३ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।दक्षिण अफ्रिकाले आइसिसी टी- ट्वान्टी  विश्वकप क्रिकेटमा श्रीलंकामाथि चार विकेटको जित हात पारेको छ ।

    जितको लागि १४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको हो ।

    दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमाले सर्वाधिक ४६ रनको योगदान दिए ।  डेविड मिलर २३ रनमा अविजित रहे ।

    श्रीलंका स्पिनर वानिन्दु हसरंगाले चार ओभरमा ह्याटि्रक सहित  २० रन खर्चेर तीन विकेट लिए । दुश्मन्था चामिराले दुई विकेट लिए ।

    यसअघि शारजाहमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा १४२ रनमा अल आउट भएको थियो ।

    श्रीलंकाका पाथुम निसांकाले सर्वाधिक ७२ रनको योगदान दिए ।

    दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी, ड्वेन प्रिटियोरेसले समान तीन विकेट लिए ।

    यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा अष्ट्रेलियासँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा वेस्टइन्डिजलाई आठ विकेटले हराएको थियो । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार