Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङका स्थानीय निकायको बेरुजु १ अर्ब ५ करोड


    शनिबार, कार्तिक १३ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • दाङ। दाङका स्थानीय निकायमा बेरुजुको चाङ लागेको छ । जिल्लाका केही स्थानीय तहको बेरुजु रकम सुधारोन्मुख देखिए पनि अधिकांश पालिकामा बेरुजुको चाङ लागेको छ । 

    महालेखा परीक्षणको कार्यालयले दाङका दश स्थानीय तहमा एक अर्ब ५ करोड २२ लाख ३४ हजार रुपैयाँको बेरुजु देखाएको हो । उपभोक्ताको नाममा मनोमानी खर्च देखिएको छ । पालिकाहरूमा डोजर बेरुजु, जनप्रतिनिधिका स्वकीय सचिव र सल्लाहकारका नाममा बेरुजु, सचिवालयको नामको बेरुजु तथा नीति विधि मिचेर गरिएको गतिविधिको बेरुजु बढी रहेको छ । 

    गत आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा दोब्बर बेरुजु देखिएको हो । वर्षेनी बेरुजुको चाङ बढे पनि जनप्रतिनिधि र पालिकाहरू भने यस विषयमा गम्भीर देखिएका छैनन् । 

    कुन पालिकामा कति बेरुजु

    घोराही उपमहानगरपालिकाको ३० करोड ९७ लाख बेरुजु रहेको छ । बेरुजु रहेको रकममध्ये पेस्की बेरुजु ६ लाख रुपैयाँ छ । 

    उपमहानगरपालिकाको यस वर्षको बेरुजु ११ करोड १२ लाख रुपैयाँ छ । यस वर्षको बेरुजु प्रतिशतमा २.८१ छ । घोराही उपमहानगरपालिकामा ३ अर्ब ९५ करोड २५ लाख रकमको लेखा परीक्षण गरिएको थियो । 

    तुलसीपुर उपमहानगरपालिकामा ३३ करोड ६८ लाख बेरुजु रहेको छ । बेरुजुमध्ये पेस्की बेरुजु १५ करोड रुपैयाँ छ । यस वर्षको बेरुजु १३ करोड ७० लाख रुपैयाँ थप भएको छ । 

    यस वर्षको बेरुजु प्रतिशतमा ३.७३ प्रतिशत रहेको छ । यस उपमहानगरपालिकामा ३ अर्ब ६७ करोड १९ लाख रकमको लेखापरीक्षण गरिएको थियो । 

    लमही नगरपालिकामा १६ करोड ५८ लाख ८२ हजार रुपैयाँ बेरुजु देखिएको छ । जुन १४.१२ प्रतिशत हो । 

    लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बेरुजु कटाउन कागजपत्र पेस गरिए पनि रकम कट्टा नहुँदा यस वर्ष बेरुजुको रकम धेरै देखिएको हुन सक्ने बताए । 

    सबैभन्दा थोरै बेरुजु बबई गाउँपालिकाको छ । बबई गाउँपालिकाको ७२ लाख ३९ हजार बेरुजु देखिएको छ । जुन ०‍.८९ प्रतिशत मात्रै हो । बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बेरुजु रकम घटाउन योजनावद्धरुपमा काम अघि बढेको प्रतिक्रिया दिएका छन् ।।

    गढवा गाउँपालिकामा चार करोड २६ लाख २९ हजार बेरुजु रकम छ । जुन ४ प्रतिशत हो । दंगीशरण गाउँपालिकाको एक करोड ७९ लाख १५ हजार छ । जुन ३.०६ प्रतिशत हो । 

    बंगलाचुली गाउँपालिकामा छ करोड ५३ लाख ८३ हजार छ । जुन ५.६१ प्रतिशत हो । राजपुर गाउँपालिकाको चार करोड ८१ लाख ३७ हजार रुपैयाँ छ । जुन ६.०४ प्रतिशत हो । 

    शान्तिनगर गाउँपालिकाको एक करोड ७६ लाख ९४ हजार रुपैयाँ छ । जुन १.९३ प्रतिशत हो । राप्ती गाउँपालिकामा दुई करोड ९१ लाख ३६ हजार रुपैयाँ छ । जुन २.६५ प्रतिशत हो ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार