Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अन्तत: १४ सर्तसहित छुटे आर्यन खान


    शनिबार, कार्तिक १३ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । अन्ततः शाहरुख खानका छोरा आर्यन खान जेलबाट छुटेका छन् । गत २ अक्टोबरमा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरेको थियो । 

    आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए पनि उनको दुईपटक जमानत रद्द गरिएको थियो । यद्यपि उनलाई सशर्त हार्ई कोर्टले रिहा गर्ने आदेश दिएको छ । मुम्बईस्थित आर्थर रोड जेलमा रहेका आर्यनलाई लिन उनका पिता शाहरुख नै पुगेका थिए । 

    आर्यनलाई १४ सर्तसहित रिहा

    १. एक लाख बराबर जमानतको लागि बोन्ड ।
    २. सम्पूर्ण रिहा गरिएको निवेदक वा आरोपी फेरि त्यस्तै प्रकृतिको आरोपमा पक्राउ पर्न नहुने ।
    ३. निवेदक वा आरोपीले एक आपसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुराकानी गर्न नपाउने । यस मुद्दालाई लिएर साथीभाइसँग पनि कुराकानी गर्न नपाइने ।
    ४. कोर्टमा चलिरहेको मुद्दामा कुनै पनि प्रकारको कारबाही गरिने छैन । त्यसमा निवेदक वा आरोपीले अन्य प्रावधानमार्फत कुनै कारबाही गर्न पाउने छैन ।
    ५. निवेदक वा आरोपी कसैले पनि विट्नेस वा प्रमाणसँग कुनै प्रकारको छेडछाड वा सम्बन्ध स्थापित गर्न पाउने छैनन् ।
    ६. स्पेसल कोर्टमा सम्पूर्ण निवेदक वा आरोपीले आफ्नो राहदानी जम्मा गराउनुपर्ने छ । उनीहरू देश छाडेर कतै जान पाउने छैनन् ।
    ७. निवेदक वा आरोपीले यस विषयमा सोसल मिडिया, मिडियालगायत कुनै पनि प्लेटफर्ममा कुराकानी गर्न पाउने छैनन् ।
    ८. निवेदक वा आरोपीले विदेश यात्रा गर्नु परेमा एनडिपी कोर्टका न्यायाधीशसँग स्वीकृति लिएर मात्र यात्रा गर्न पाउने छ ।
    ९. निवेदक वा आरोपीले मुम्बई बाहिर जानुपरेमा केस जाँच गरिरहेका अफिसरलाई सम्पूर्ण डिटेल जानकारी गराएर स्वीकृति पाएमा मात्र यात्रा गर्न पाउने छन् ।
    १०. हरेक हप्ताको शुक्रबार निवेदक वा आरोपीले एनसीबी मुम्बईमा आएर आफ्नो हाजिरी दिनुपर्ने छ । 

    ११. आरोपी वा निवेदकले कोर्टमा पाउने तारिखमा अनिवार्य उपस्थिति जनाउनुपर्ने छ ।

    १२. एनसीबीले जाँचका लागि बोलाएको समयमा अनिवार्य रूपमा निवेदक वा आरोपी उपस्थित हुनै पर्नेछ ।

    १३. यस मुद्दामा हुनु सुनुवाइलाई कुनै पनि बहानामा आरोपी वा निवेदकले सार्न पाउने छैनन् ।

    १४. आरोपी वा निवेदकले माथि उल्लेखित कुनै पनि बुँदालाई उल्लंघन गरेमामा एनसीबीले न्यायाधीशसमक्ष रिहाइ रद्दको लागि आग्रह गर्न सक्ने छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार