Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी


    शनिबार, कार्तिक १३ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी छ । बझाङ, कञ्चनपुर र कैलालीका केही वडामा वडा अधिवेशन हुन नसकेको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए ।

    उनका अनुसार कैलाली कञ्चनपुरका वडामा तयारी नपुगेका कारण वडा अधिवेशन हुन नसकेको हो भने बझाङमा बाढीपहिरोका कारण आवतजावतमा केही कठिनाइ हुँदा समस्या भएको हो । 

    बझाङका केही पालिकामा वडा अधिवेशन भएको तर बाहिर नल्याइएको उनले बताए । उनका अनुसार बझाङमा १४ गते सबै वडामा वडा अधिवेशन सम्पन्न गरेर एकैपटक सार्वजनिक गरिनेछ ।

    हाल बझाङका १६० र कैलालीका चार तथा कञ्चनपुरका १० वडामा एमालेको वडा अधिवेशन हुन नसकेको उनले बताए ।  सचिव रावलका अनुसार शुक्रबारसम्म नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाहेकका आठ जिल्लाका ५६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । प्रदेशमम ७३४ वडा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार