Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वकपमा आज दुई खेल, अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै


    शनिबार, कार्तिक १३ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। आईसीसी टी- ट्वान्टी  विश्वकप क्रिकेटमा शनिबार दुई खेलहरु हुँदैछन् ।  शारजहा क्रिकेट रंगशालामा हुने पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ ।

    प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा भने साविक विजेता वेस्ट इन्डिजविरुद्ध आठ विकेटको जित निकालेको थियो ।

    त्यस्तै श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गर्दा दोस्रो खेलमा अस्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो ।

    शनिबारको दोस्रो खेलमा  इंग्ल्याण्डले अस्ट्रेलियाको सामना गर्दै छ ।  दुबईमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । 

    प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच र दोस्रो खेलमा श्रीलंकालाई सात विकेटले पराजित गरेको थियो ।

    यस्तै इंग्ल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजमाथी छ विकेट र दोस्रो खेलमा बंगलादेशमाथी आठ विकेटको जित दर्ता गराएको थियो । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार