काठमाडौं । नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरी भारतले मानसरोबर जाने सडक उद्घाटन गरेको जेठ २६ मा १ महिना पुग्दैछ । यो एक महिनाका बीचमा सीमा विवादमा धेरै बहस र छलफल भए । सीमा जस्तो संवेदनशील बिषयलाई सरकारले गम्भीर रुपमा लिएर नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेको छ । सरकारले नक्सा जारी गरेको बिषयलाई प्रमुख प्रतिपक्षी नेपाली कांगे्रेसका सभापति शेरबहादुर देउवादेखि डा. मिनेन्द्र रिजाल, गगन थापाहरुले समेत हार्दिक समर्थन गरेका छन् ।
देशको सीमा मिचिएको बिषयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म एक शब्द पनि बोलेका छैनन् । उनको मौनतालाई भने नेकपाभित्रै रहस्यका रुपमा हेरिएको छ । प्रचण्डले भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालबाट नयाँ नक्सा लिएबाहेक सीमा विवादमा एक शब्द पनि बोल्न आवश्यक ठानेका छैनन् । सीमा मिचिंदा पनि उनको मौनतालाई राजनीतिक बृत्तमा अर्थपूर्ण ठानिएको छ । नेकपाभित्र अध्यक्ष तथा सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने एकसूत्रीय एजेन्डामा लागेका प्रचण्ड उनले नयाँ नक्सा जारी गरेपछि मौन छन् । कोरोना महामारीका बीचमा सार्वजनिक नभए पनि मिडियामार्फत् हरेक सानातिना राजनीतिक घटनाक्रममा बोल्ने उनी सीमा विवादमा चुप छन् । जबकि भारतीय नेता र नेपाल मामिलाका विज्ञ बताउने एसडी मुनिहरुले जनयुद्धताका माओवादी नेताहरुलाई शरण दिएर भारतले ठूलो गल्ती गरेको भन्दै एकोहोरो रटान लगाइरहेका छन् ।
नेकपाको नेतृत्वको सरकारले नक्सा जारी गरेपछि भारतीयहरुले माओवादी जनयुद्ध भारतकै सहयोगमा सफल भएको, नेपालमा गणतन्त्र ल्याएको जस्ता अनर्गल प्रलाप गरिरहेका छन् । नेपाल सरकारले नक्सा जारी गरेपछि भारतीय मिडियाले प्रचण्डका बिरुद्ध बिषबमन गर्दा पनि उनी सीमा विवादमा चुप छन् । सरकारले जारी गरेको नयाँ नक्साका बारेमा न उनले खुलेर समर्थन नै गरेका छन्, न त बिरोध नै गर्ने अवस्थामा छन् । त्यसो त उनीमात्रै होइन, पूर्वमाओवादी बृत्तका बरिष्ठ नेताहरुले नयाँ नक्साको बारेमा एक शब्द पनि बोलेका छैनन् । बरु पूर्वमाओवादी केन्द्र निकट मिडियाहरुले नक्सा जारी गर्ने र संविधान संशोधन गर्ने कुरालाई घुमाउरो भाषामा बिरोध अभियान सुरु गरेका छन् । नेकपासँग मधेश टाढिएको जस्ता समाचारलाई महत्वका साथ स्थान दिन थालिएको छ ।
सीमा जस्तो बिषयमा प्रचण्ड नबोल्नुलाई रहस्यपूर्ण मानिएको छ । सीमा विवादमा प्रचण्डको मौनतालाई अनेक अर्थमा परिभाषित गर्न गर्ने क्रम सुरु भएको छ । भारतलाई चिढ्याएर होइन, खुसी पार्दा नै राजनीतिक लाभ देखेकाले उनी मौन बसेका त होइनन् ? यो प्रश्न नेकपाका कार्यकर्ता पंक्तिमा उठेको छ ।
त्यस्तै सीमा विवादमा एक शब्द पनि नबोल्ने शीर्षनेतामा नेपाली कांग्रेसका रामचन्द्र पौडेल पनि हुन् । उनी पनि सीमा विवादमा सार्वजनिक रुपमा बोलेको कतै पनि सुनिएको छैन । कोरोना भाइरस संक्रमण फैलिने क्रममा पौडेलले रााष्ट्रिय सरकार बनाउनुपर्ने अभिब्यक्ति दिएर विवादमा परेका थिए । तर सीमा जस्तो गहन र राष्ट्रियतासँग जोडिएको बिषयमा उनी मौन छन् । १७ पटक प्रयास गर्दा पनि प्रधानमन्त्री हुन नसकेका पौडेल सीमा विवादमा मौन बसेर पुनः प्रधानमन्त्री वा पार्टी सभापतिको आशामा बसेका त होइनन् भन्ने चर्चा पनि राजनीतिक बृत्तमा हुने गरेको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend