Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कस्ताे छ आजकाे माैसम ?


    शनिबार, कार्तिक १३ २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। आज शनिबार वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका  एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।

    राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको आँकलन गरिएको छ ।

    आइतबार प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार