Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीआइजीले ढाँटेको पुष्टि, कुटाइ खाने सशस्त्र प्रहरीका घुमुवा तानिए


    शुक्रबार, कार्तिक १२ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बीरगंज । सशस्त्र प्रहरी प्रदेश नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरीबाट खटिएका घुमुवाले पर्साको नेपाल–भारत सीमाक्षेत्रमा कुटाई खाएको समाचार नेपालफेसले शुक्रबार दिउँसो उजागर गरेपछि उनीहरुलाई तानिएको छ ।

    नेपालफेसले छिन्नमस्ता बाहिनीबाट खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) रामकेवल यादव, हवल्ल्दार बशिष्ठ पटेल र सहायक हवल्दार सुदर्शन बैठा नेपाल–भारत सीमा क्षेत्र दसगजामा तस्करहरुबाट कुटिएको समाचार सार्वजनिक गरेको थियो ।

    छिन्नमस्ता बाहिनीका बाहिनीपति डीआइजी गणेश ठाडामगरले सशस्त्र प्रहरीका घुमुवा नकुटिएको दाबी गरेका थिए । घुमुवा कुटिएको समाचार सार्वजनिक भएपछि सशस्त्रले बाहिनीबाट घुसअसुलीका लागि खटाइएका घुमुवा तानेको छ । डीआइजीले सशस्त्रका घुमुवा नकुटिएको भनेर झुटो दाबी गरे पनि सुटुक्क उनीहरुलाई बाहिनीमा तानेका छन् ।    

    बुधबार राति उनीहरुमाथि दसगजामा तस्करहरुको एक समूहले कुटपिट गरेको थियो । एउटा तस्कर समूहको सामान ओसारपसार गर्न छुट दिने र अर्कोलाई नदिने गरेपछि उनीहरुमाथि आक्रमण गरेको बताइएको छ ।

     बाहिनीपति गणेश ठाडामगरले अतिरिक्त आम्दानीका लागि परिचालन गरेका ती घुमुवाहरुले एकथरी तस्करसँग सेटिङ गरी अर्कोथरीलाई दुःख दिएपछि आक्रोसित अर्को समूहले आक्रमण गरेको समाचार स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार