Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ए डिभिजन लिगको खेल तालिका आज सावजनिक हुँदै


    शुक्रबार, कार्तिक १२ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी सहिद स्मारक ए डिभिजन लिगको तालिका आज सार्वजनिक गर्दैछ । एन्फाले आफ्नो मुख्यालयमा २९  कात्तिकबाट सुरु हुने ए डिभिजन लिगको तालिका शुक्रवार सार्वजनिक गर्न लागेको हो । एन्फाले दिउँसो २ बजे तालिका सार्वजनिक गर्ने जनाएको छ । लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

    साविक बिजेता मछिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, कीर्तिमानी आठौं पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, हिमालयन शेर्पा क्लब, ब्रीगेड ब्वाइज क्लब, फ्रेण्डस क्लब, एपीएफ क्लब, च्यासल युथ क्लब, संकटा क्लब र नव प्रवेशी सातदोबाटो युथ क्लबले ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार