Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुकुरी प्रहारबाट संखुवासभामा एक जना गम्भीर घाइते


    शुक्रबार, कार्तिक १२ २०७८
    390
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • संखुवासभा । संखुवासभाको चिचिला  गाउँपालिका-२ दिदिङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा चिचिला  गाउँपालिका-२ दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । 

    बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन् ।  खुकुरी प्रहारबाट गुरुङको टाउको,आँखा र शरीरको विभिन्न भागमा चोट लागेको सुवेदीले जानकारी दिए ।

    गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन सकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ ।  खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरी निरिक्षको कमान्डमा प्रहरीको टोली घटनास्थल पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार