Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सशस्त्रका घुमुवालाई तस्करले कुटे


    शुक्रबार, कार्तिक १२ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बीरगंज । सशस्त्र प्रहरी प्रदेश नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरीबाट खटिएका घुमुवाले नेपाल–भारत सीमाक्षेत्रमा कुटाई खाएका छन् । छिन्नमस्ता बाहिनीबाट खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) रामकेवल यादव, हवल्ल्दार बशिष्ठ पटेल र सहायक हवल्दार सुदर्शन बैठा नेपाल–भारत सीमा क्षेत्र दसगजामा कुटिएका हुन् । बुधबार राति उनीहरुमाथि तस्करहरुको एक समूहले कुटपिट गरेको हो । एउटा तस्कर समूहको सामान ओसारपसार गर्न छुट दिने र अर्कोलाई नदिने गरेपछि उनीहरुमाथि आक्रमण गरेको बताइएको छ ।

     बाहिनीपति गणेश ठाडामगरले अतिरिक्त आम्दानीका लागि परिचालन गरेका ती घुमुवाहरुले एकथरी तस्करसँग सेटिङ गरी अर्कोथरीलाई दुःख दिएपछि बुधबार राति आक्रोसित अर्को समूहले आक्रमण गरेको समाचार स्रोतले बताएको छ ।

    छिन्नमस्ता बाहिनीमा काजसरुवा भएका डीआइजी ठाडामगरले यसअघिका बाहिनीपति चन्द्रप्रकाश गौतमले तानेका बदनाम घुमुवाहरुलाई तत्तत् स्थानमा खटाइसकेका छन् । गौतमले लामो समय सीमा क्षेत्रमा बसी घुस असुुलीमा बदनाम घुमुवाहरुलाई तानेर बाहिनीमा रिफ्रेस तालिम गराई गणहरुमा पोशाक लगाई ड्युटीमा तैनाथ गरेका थिए ।

    डीआइजी ठाडामगरले बाहिनीबाट घुमुवा परिचालन नगरेको बताए । उनले भने– ‘बाहिनीबाट खटिएका कसैले कुटाई खाएको छैन ।’ 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार