Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोल्नी प्लानेटले तयार पारेको १० उत्कृष्ट सहरको सूचीमा न्युजिल्याण्डको अकल्याण्ड पहिलो नम्बरमा 


    शुक्रबार, कार्तिक १२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । चर्चित ट्राभल गाईड बुक पब्लिसर लोन्ली प्लानेटले सन् २०२२ का लागि न्युजिल्यान्डको अकल्यान्डलाई विश्वकै उत्कृष्ट सहरको रुपमा छनौट गरेको छ । 

    लोन्ली प्लानेटले तयार पारेको विश्वका घुम्नलायका उत्कृष्ट सहरहरुको सूचीमा ताइवानको राजधानी ताइपेय दोस्रो स्थानमा परेको छ । ताइवानलाई चीनले आफ्नो एउटा अलग्गै राज्यको रुपमा व्यवहार गर्छ । तर, ताइवानले आफूलाई स्वतन्त्रत राज्य मान्दै आएको छ । 

    त्यस्तै, जर्मनीको फ्रिबर्ग र अमेरिकाको एटलान्टा सहर लोन्लीको तेस्रो र चौथो सूचीमा परेका छन् ।  सन् २०२२ मा यात्रा गर्नका लागि सुझाएको १० उत्कृष्ट सहरमा  नाइजेरियाको लाओस र साइप्रसको लेफकोसिया क्रमशः पाचौं र छैटौं स्थानमा छन् ।

    त्यसैगरी, आइरल्यान्डको डब्लिन र मेक्सिकोको मेरिन्डा सातौं र आठौं नम्बरमा छन भने इटालीको प्रसिद्ध फ्लोरेन्स सहर नवौ स्थानमा छ । दक्षिण कोरियाको ग्याओजियु सहर लोल्नीको दशौ उत्कृष्ट सहरमा परेका छन् ।

    लोल्नी प्लानेटको सूचीमा परेका विश्वका १० उत्कृष्ट सहर 
    १. अकल्यान्ड
    २. ताइपेय
    ३. फ्रिबर्ग
    ४. एटलान्टा
    ५. लाओस
    ६. लेफकोसिया
    ७. डब्लिन
    ८. मेरिन्डा
    ९. फ्लोरेन्स
    १०. ग्याओजियु 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार