Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईसीसी टी-२० विश्वकप: अष्ट्रेलियाकाे लगातार दोस्रो जित, श्रीलंका ७ विकेटले पराजित


    शुक्रबार, कार्तिक १२ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। डेविड वार्नरको अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टी-२० विश्वकपमा लगातार दोस्रो जित निकालेको छ ।  बिहीबार दुबईमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

    जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेकाे हाे । 

    अष्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले सर्वाधिक ६५ रनको योगदान दिए ।  आरोन  फिन्चले ३७ रन बनाए । श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले २ र दासुन शनकाले १ विकेट लिए ।

    त्यसअघि दुबई  टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । श्रीलंका चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ रन बनाए ।

    अष्ट्रेलियाका  स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर  कमिन्स,  मिचेल स्टार्कले समान २-२  विकेट लिए ।

    सुपर- १२ को समूह-१ मा इंग्ल्यान्ड २ खेलमा २ जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान  ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार