Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेशमा खनाल आन्तरिक मामिला र भँडेल भौतिक पूर्वाधार मन्त्री बन्दै


    बिहिबार, कार्तिक ११ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा ।  बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेले सपथ लिदै छन् । सँगै उनले आजै सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्ने तयारी गरेका छन् । 

    बागमतीमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला, कृष्णलाल भँडेल भौतिक पूर्वाधार र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।

    एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछिअल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेकाे थियाे । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जनाको हस्ताक्षर हिजै साँझ बुझाइ सकेको छ  । 

    तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार