Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाउने तीन विद्यार्थी पक्राउ, कलेजबाट पनि निलम्बन


    बिहिबार, कार्तिक ११ २०७८
    280
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । यूएईमा जारी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाएको आरोपमा प्रहरीले तीन जना कश्मिरी विद्यार्थीलाई पक्राउ गरेको छ। 

    बुधबार उनीहरूलाई खुसी मनाएको र राष्ट्र विरोधी नारा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। आरबीएस बिचपुरीमा मंगलबार राति जगदीशपुरा पुलिस स्टेशनमा इन्जिनियरिङका विद्यार्थी अरशद युसुफ, इनायत अल्ताफ र शैकत अहमद गनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो। 

    प्रहरीले काश्मिरी विद्यार्थीहरूलाई उनीहरूको ह्वाटएप्स स्टेटस र च्याटिङको प्रमाणको आधारमा पक्राउ गरेको थियो।  तीनै अभियुक्तलाई बिहीबार अदालतमा पेस गरिनेछ। टी-२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच २४ अक्टोबरमा भएको खेलमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएको थियो। 

    मंगलबार बिचपुरीको आरबीएस इन्जिनियरिङ प्राविधिक क्याम्पसका तीन कश्मिरी विद्यार्थीहरूको ह्वाटएप्स स्टेटस र च्याट भाइरल भाइरल भएको थियो। कलेज व्यवस्थापनले यो कुरा थाहा पाएपछि इन्जिनियरिङका तीन विद्यार्थीलाई निलम्बन गरेको थियो। 

    भारतीय जनता युवा मोर्चाका पदाधिकारीहरूले पाकिस्तानको विजयमा कश्मिरी विद्यार्थीहरूले उत्सव मनाएको थाहा पाएपछि हंगामा मच्चाएका थिए। भाजपाका ब्रज प्रान्त क्षेत्रीय मन्त्री गौरव राजावतले आरोपी विद्यार्थीहरू विरुद्ध मुद्दा दर्ता गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार