Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चोलेन्द्रले ताेके आफ्नाे एकल इजलासमा २८ मुद्दा, समय कटाउन अन्य न्यायाधीशहरुको बेग्लै बैठक


    बिहिबार, कार्तिक ११ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । विवादमा फसेका राणाले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबार पनि आफू मात्रै रहने एकल इजलासमा २८ वटा मुद्दाको पेसि तोकेका छन् । 

    सर्वोच्चका अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गरिरहदाँ बुधबार ५ वटा मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहेका हुन् ।

    न्यायाधीशहरूले राजीनामा माग गरिरहँदा प्रधानन्यायाधीश भने राजीनामा नदिने र सक्छौ भने महाभियोग लगाएर हटाउ भन्दै चुनौती दिइरहेका छन् । 

    बिहीबार प्रधानन्यायाधीश जबराले प्रसिद्ध समृद्ध इन्भेष्टमेन्ट एण्ड बिल्डर्स प्रालि, टासी सान्डुप गुरुङ र सान्डुप घले भन्ने सान्डुप गुरुङको लागु औषधसम्बन्धी मुद्दा, शेख सम्सुर एलोनको लागूऔषध मुद्दा तथा उत्प्रेषणसहितको माग गरिएको अन्य मुद्दाहरु रहेका छन् । 

    एक न्यायाधीशका अनुसार सर्वोच्चमा प्रधानन्यायाधीश जबराविरुद्ध उत्रिएका न्यायाधीशहरूले भने समय कटाउनकै लागि भएपनि बिहीबार पनि साढे ११ बजेका लागि बैठक राखेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार