Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बोक्सीकाे आरोपमा दलित महिलालाई कुटपिट गर्ने युवक पक्राउ


    बिहिबार, कार्तिक ११ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा। सिरहामा बोक्सीकाे आरोपमा दलित महिलालाई कुटपिट गरेकाे आराेपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सिराहाको कल्याणपुर नगरपालिका- १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो ।

    व्यक्तिगत रिसिविका कारण यादवले महिलालाई बोक्सिको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट  पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

    बोक्सीको आरोप लगाई आफूमाथि कुटपिट गरी अमानवीय व्यवहार गरेको पीडितकाे उजुरीका आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हाे ।

    उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार