Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्यावरणमैत्री यौन सम्बन्ध के हो ? यसले


    बिहिबार, कार्तिक ११ २०७८
    280
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एजेन्सी । हामीले गर्ने कार्बन उत्सर्जन घटाउन विभिन्न उपायबारे सोच्दा हाम्रो यौन जीवन प्रायः प्राथमिकताको सूचीमा पर्दैन।

    यद्यपि वनस्पतिबाट बनेको कन्डम र खेर नजाने गर्भनिरोधक जस्ता दीर्घ उपयोगी उत्पादनबारे वेबसाइटमा गरिने खोजी केही वर्षयता निरन्तर वृद्धि भइरहेको छ।

    पर्यावरणमैत्री यौन सम्बन्ध के हो ?

    “कसैकसैका लागि यौनिक रूपमा पर्यावरणमैत्री हुनु भनेको घरमा कम प्रभाव पार्ने यौनिक क्रियाकलापमा प्रयोग हुने एक प्रकारको तेल, खेलौना, तन्ना र कन्डमजस्ता सामग्री रोज्नु हो,” पर्यावरणीय दिगोपनासम्बन्धी काम गर्ने नाइजिरियाकी वैज्ञानिक एडनिके आकिन्सेमोलोले भनिन्।

    “अरूका लागि अश्लील चलचित्र बनाउँदा कामदारहरू र वातावरणमा हुनसक्ने क्षति कम गर्नु हो। दुवै उदाहरणहरू महत्त्वपूर्ण र मान्य छन्।”

    संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्यासम्बन्धी कोषका अनुसार हरेक वर्ष १० अर्ब पुरुषले प्रयोग गर्ने लेटेक्स कन्डमहरू बन्छन्। तीमध्ये अधिकांश फोहोर फालिने ठाउँमा मिल्काइन्छन्।

    अतिरिक्त रसायन पनि प्रयोग हुने भएका कारण त्यस्ता कन्डमहरू पुनः प्रयोग गर्न नमिल्ने किसिमका हुन्छन्।

    रोमन सभ्यतादेखि नै प्रयोग हुँदै आएका भेडाको आन्द्राबाट बन्ने कन्डमहरू मात्रै पूर्ण रूपमा सडेर माटोमा मिल्थे। तर त्यस्ता कन्डमले यौनरोगबाट जोगाउँदैनन्।

    कन्डममा प्रयोग हुने तेल पेट्रोलियम पदार्थमा आधारित र जीवाश्म इन्धनयुक्त हुन्छन्। त्यसैले पनि पानीमा आधारित अर्ग्यानिक उत्पादनमा वृद्धि भएको छ र घरेलु उत्पादनका विकल्पहरू अझ लोकप्रिय भइरहेका छन्।

    डा. टेसा कमर्सको टिकटकमा यौन स्वास्थ्यबारे भिडिओ हेर्ने १० लाख जनाभन्दा बढी फलोअर छन्। एक प्रकारको पीठो र पानीबाट घरमै तेल बनाउने तरिकाबारे उनले बनाएको भिडिओ सबैभन्दा धेरै ८० लाख पटक हेरिएको छ।

    “पानीमा आधारित तेलहरू, अर्ग्यानिक र वानस्पतिक कन्डमहरू रमाइलो गर्न र दिगो यौन जीवन अँगाल्नका लागि राम्रो रोजाइ भएका छन्,” आकिन्सेमोलो भन्छिन्।

    “तिनले वातावरणमा सामान्य मात्रै हानि पुर्‍याउनुका साथै प्रयोगकर्ताहरूलाई आनन्द पनि प्रदान गर्छन्।”

    तर यस्ता हरित उत्पादनहरूको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। फुट्ने जोखिम हुने भएका कारण अरू कन्डमहरू जसरी यसको प्रयोग गर्न सकिँदैन।
    गर्भनिरोधकको रूपमा यसको प्रयोग गर्ने निर्णय लिनुअघि चिकित्सक वा परिवार नियोजनविज्ञसँग सल्लाह लिन सुझाव दिइएको छ।

    प्लास्टिकको व्यापक प्रयोग हुने अर्को सामान “सेक्स टोय” अर्थात् यौनानन्द लिन प्रयोग गरिने खेलौनाहरू हुन्। तिनमा स्टील र सिसाबाट बनेका विकल्पहरू पनि हुन्छन्। रिचार्ज गरेर प्रयोग गर्न सकिने खेलौना किन्ने विकल्पले पनि फोहोर घटाउन सहयोग पुग्छ। अहिले त सौर्य ऊर्जाबाट चल्न सेक्स टोयहरू पनि बजारमा पाइन्छन्।

    “लभ हनी” जस्ता कतिपय कम्पनीले त साधारण रूपमा पुनः प्रयोग गर्न नसकिने सेक्स टोयको पुनर्प्रयोगका लागि पनि सहयोग गर्दै आएका छन्। (बिबीसीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार