Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एएफसी यू-२३ एसियन कप छनोट: नेपाल र ताजकिस्तान भिड्दै


    बिहिबार, कार्तिक ११ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

    बिहीबार रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टोली ताजकिस्तानसँग नेपाली समय अनुसार राति पौने ८ बजे खेल्नेछ ।

    पहिलो खेलमा बलियो इरानसँग ४–० गोल अन्तरले पराजित नेपाल घरेलु टिमविरुद्ध  पहिलो  जित र अंकको खोजीमा छ । 

    इरानविरुद्धको खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पण कार्कीले बाकी दुई खेलमा स्पष्ट जितका लागि खेल्ने बताएका छन् ।

    ताजिकिस्तान लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

    यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा छ । अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।

    समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार