Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चका पूर्वन्यायाधीश लम्सालको निधन


    बिहिबार, कार्तिक ११ २०७८
    405
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । 

    ८४ वर्षीय लम्सालको चाबहिलको मेडिकेयर अस्पतालमा  उपचारका क्रममा बिहीबार बिहान निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ।

    लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए ।

    उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन पनि भनेर चिन्ने गरिन्छ।

    स्वास्थ्यमा समस्या आएपछि लम्साल केही दिनअघिदेखि मेडिकेयरअस्पताल भर्ना भएका थिए।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार