Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजलासमा उपस्थित हुन नसकेकोमा बारले माग्यो क्षमा


    बुधबार, कार्तिक १० २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, १० कात्तिक । नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकोमा क्षमा मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर भइरहेको सर्वाेच्च अदालतकै न्यायाधीशसहित कानुन व्यवसायीहरूको आन्दोलनले तीन दिनदेखि सुनुवाइ रोकिएको छ । 

    बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले बुधबार विज्ञप्ति जारी गरेर सुनुवाइका लागि इजलासमा उपस्थित हुन नसकेकोमा क्षमा मागेका हुन् । 

    ‘न्यायपालिका सुधारका कार्यक्रमहरू लागू गराउनेसमेतका कार्यमा नेबाए, न्याय तथा कानूनी क्षेत्रका व्यक्तिहरू र सेवाग्राहीलगायत आमनागरिकहरूको पनि सहयोग अपेक्षित रहन्छ । तसर्थ यस पुनित कार्यमा सहयोग पु¥याउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ । न्यायपालिकाको समग्र सुधारका अभियान सुुरु गर्दा केही दिन पेसी सुनुवाइ स्थगित हुन सक्ने अवस्था देखिएको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘अनपेक्षित तर अनिवार्य परिस्थिति सिर्जना भएकोले न्यायका उपभोक्ता तथा समस्त सेवाग्राहीहरूमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौं ।

    केही दिन धैर्यधारण गरि न्यायिक सुधारका कार्यमा सहयोग पु¥याउन पुनः हार्दिक अनुरोध गर्दछौं ।’

    Press Release 2077-07-10-page-001.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार